खबर सबैको, काठमाडाैं शुक्रबार, बैशाख ३०, २०७९
मुगु -जिल्लाको खत्याड गाउपालिका -८ सुकाढिक गाउका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्।
आमाको मृत्यु भाएको ७ दिन पुगेका उनिहरु १ घन्टा उकालो बाटो हिनेर मतदान गर्न आएका हुन ।
उनिहरुले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न ।
किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वार्षिया कबिराज कार्की, माइला भाइ बिरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका छ्न ।
जेठा दाइ कबिराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन ।
५ बर्षमा एकपट्क आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमुल्य मतदान गर्न यहाँ आएको कबिराजले बताए ।
आमाको आजको कामलाई २/३ घन्टा थाती राखेर पनि हामी ३ भाइ मतदान गर्न पुगेको माइल भाइ वीर बहादुर कार्कीले बताए ।
हाम्रो ३ मतले कतै राम्रो मान्छेको हार हुन्न सक्छ, तेसैले किरियाको कामलाइ थाती राखेर भए पनि मतदान गर्न पुगेको कबिराज कार्कीको भनाइ छ ।
कान्छा भाइ जयसुर कार्की त खाली खुट्टामाइ मतदान केन्द्र पुगेका थिए ।