०८ पुष २०८१, सोमबार

हुम्लाका छ गाउँपालिकामा तिन माओवादी केन्द्र र तिन नेपाली कांग्रेसको नेतृत्व

चंखेलिमा पुनः आज मतदान भैरहेको छ ।

खबरसबैको समाचारदाता, हुम्ला बुधबार, जेठ ०४, २०७९

हुम्लामा चंखेलि बाहेक छ वटा गाउँपालिकाकाे निर्वाचन नतिजा आएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६ गाउँपालिकाको नतिजा गठबन्धन टिम विजय भएको देखिन्छ ।  जिल्लाका छ वटा स्थानीय तहको निर्वाचन परिणाम अनुसार तिनवटा गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व हात पारेको छ भने तिन वटा गाउँपालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ ।

जिल्लाको नाम्खा, सिमकोट र ताँजकोट गाउँपालिकामा माओवादी केन्द्रले परिणाम हात पारेको छ भने खार्पुनाथ, सर्केगाड र अदानचुलीमा नेपाली कांग्रेसले परिणाम हात पारेको छ । माओवादीको तर्फबाट नाम्खामा प्रेम लामा, सिमकोटमा बीजय भण्डारी  र ताँजकोटमा लालकेश जैशीले गाउँपालिका अध्यक्ष जितेका छन् भने कांग्रेसको तर्फबाट खार्पुनाथमा कर्ण रावल, सर्केघाडमा ठानबहादुर रोकाया र अदानचुलीमा मोहनविक्रम सिंहले गाउँपालिकाको नेतृत्व हात पारेका छन् ।

चंखेलिमा वैशाख ३० गतेको निर्वाचनमा आधाभन्दा बढी मतदातालाई सहभागिता नगराइएको भन्दै उजूरी परेपछि उक्त मतदान केन्द्रमा पुनः आज मतदान भैरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्