खबरसबैको समाचारदाता, सुर्खेत शुक्रबार, जेठ २७, २०७९
कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार देखि वीरेन्द्रनगरमा सुरू भएको छ । तीनदिनसम्म चल्ने अभिमुखीकरणमा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्द्रको समन्वयमा अभिमुखीकरण सुरु भएको हो । शुक्रवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुख, गाउँपालीका अध्यक्ष र उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकार र स्थानीय तहविच हुने समन्वय सहकार्यका क्षेत्रहरू, स्थानीय तह सरोकारका विषय, कानुनी प्राव्धान लगायतका बिषयमा प्रदेश सचिव आन्नद सारूले प्रकाश पारेका थिए ।