१० पुष २०८१, बुधबार

कर्णाली प्रदेश सरकारले उद्योग मैत्री वातावरण सिर्जना गर्ने

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, आषाढ ०४, २०७९

सुर्खेत -उद्योग क्षेत्रलाई विकास गर्नका लागी कर्णाली प्रदेश सरकारले उद्योग मैत्री वातावरण सिर्जना गर्ने भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनले बताउनु भएको छ । शनिवार उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा औद्योगीक क्षेत्र सडक स्तानोन्नती कार्यको उद्घाटन तथा शिलालेख अनावरण कार्यक्रमा बोल्दै मन्त्री लामाले यस्तो बताउनु भएको हो । कर्णाली प्रदेशमा उद्योग क्षेत्रलाई विकास गर्नका लागी एक जिल्ला एक उद्योग भन्ने निति तथा कार्यक्रममा समावेश गरेको बताए । देश विकासका लागी उद्योगको ठुलो भुमिका हुने भएकाले सरकारले उद्धेमी बिभिन्न खालका कार्यक्रम लयाउने उहाँको भनाई छ । यस आउदो आर्थिक बर्षको निति तथा कार्यक्रममा कर्णालीको कच्चा पर्दाथ उपयोग गर्ने खालका झण्डै ८ वटा उद्योगलाई अनुदानको व्यवस्था गर्ने उहाँले बताउनु भयो । यस्तै कर्णालीमा औद्योगीक क्षेत्रको विकासका लागी निजि तथा सम्बन्धीत निकाय सँग समन्वय र सहकार्य गरेर प्रदेश सरकार अघि बड्ने, प्रदेश सरकारबाट हुने आवश्यक गर्ने उहाँको भनाई छ । औद्योगीक क्षेत्रमा रहेको सडकमा ५ सय मिटर कालोपत्र गरिएको छ । जसको झण्डै ६९ लाख बजेट रहेको थियो । यस सडक स्तरोन्न गर्नका लागी आवश्यक सहयोग गर्नु हुँने मन्त्रीको नामा शिलालखे समेत लेखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्