खबरसबैको समाचारदाता बिहिबार, आषाढ ०९, २०७९
कालिकोट जिल्लाको तिलागुफा नगरपालीका का ५ धनाडा जुथुगाड नजिकै प्रदेश नं ३ को स्कारपियो गाडि दुर्घटना भएको छ ।
दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु भएको छ। कालिकोटको नाग्म वजार देखि नेपालगञ्ज फर्किदै गरेको प्रदेश नं. ३ को ०१ ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना हुदाँ चालक विकास आले मगरको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।
स्कारपियो गाडि सुर्खेत वाट रिर्जभमा जुम्ला पुगेको थियो । मृतक चाकलको सब पोष्टमार्टमका जिल्ला अस्पताल मान्मा ल्याइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्