०९ पुष २०८१, मंगलबार

जुम्लाको कनकासुन्दरी गाउँपालिका– १ बुलबुलेमा जिप दुर्घटना

खबरसबैको समाचारदाता, जुम्ला आइतबार, साउन १५, २०७९

जुम्लाको कनकासुन्दरी गाउँपालिका– १ बुलबुलेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान सुर्खेतबाट मुगु जाँदै गरेको लु१ ज ३७३४ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मुगुको छायाँनाथ–रारा नगरपालिकाका दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।  दुर्घटनामा जिप चालक दलबहादुर बुढा गम्भीर घाइते भएका छन्। थप उपचारका लागि बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान  जुम्ला लगिएको छ।

चालकसहित ६ जना सवार जिपमा अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्