खबरसबैको समाचारदाता बुधबार, भाद्र ०८, २०७९
सिमान्तकृत महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
सबै सहभागिलाइ व्यावसायी बनाउने परियोजनाको उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । चार दिनसम्म चल्ने सो तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा प्रशिक्षक डिला प्रसाद ओलीले जानकारी दिने जनाईएको छ ।