खबरसबैको समाचारदाता आइतबार, भाद्र १२, २०७९
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन बनेको छ ।मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको हो ।
यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो । यस्तै गठबन्धनमा प्रतिनिधिसभाका साथै प्रदेशसभाको सिट फाँडफाँटबारे पनि छलफल सुरु भएको छ । तर, ठोस सहमति बनेको छैन ।
यहाँ कमेन्ट गर्नुहोस्