खबरसबैको शनिबार, मंसिर ०३, २०७९
जुम्लामा आईतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ ।
जुम्लाका १ सय ८ वटै मतदान, केन्द्र स्थलमा निर्वाचन सामाग्री सहित मतदान अधिकृत लगायतका जनशक्ति शुक्रबारनै पुगिसकेका छन् ।
शनिवार बिहान सम्म जुम्लाका सबै मतदान स्थल निर्माण सकिए सँगै निर्वाचनको तयारी सबै पुरा भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिए । उनका अनुसार अनुसार निर्वाचनका लागि जुम्लामा ८ सय ३९ जना कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृत गाैतमका अनुसार ,“सर्वदलीय बैठक पनि सम्पन्न भएको छ । निर्वाचनलाई शान्त मर्यादित,भयरहित वातावरणमा गराउन सबै दल सहमत भएका छन् । निर्वाचनमा अपाङ्गता भएका,जेष्ठनागरिक लगायतका लक्षित वर्गलाई प्राथमिकता दिइने भएकाे छ ।”
जुम्ला प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जुम्लामा निर्वाचनको सुरक्षालाई चुस्त बनाइएको छ । जुम्लाका सवै मतदान स्थलका ८ सय ४८ कर्मचारी ,एक हजार ९ सय ५४ जना सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् । पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन् ।
निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माका अनुसार यसपटकको निर्वाचनमा जुम्लामा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा सिंजा क्षेत्रका मतदाता काला पहाड गइसकेकोले कुल मतदाताको ३० प्रति भोट नखस्ने अनुमान छ ।
यसै बीच मतदाता भोट हाल्नका लागि गाउँतिर गएपछि जुम्ला सदरमुकाम खलङ्गा सुनसान भएको छ । जुम्लाका आठै पालिकाका नागरिक मताधिकार प्रयोग गर्न उत्साहित हुँदै गाउँतिर गएपछि बजार सुनसान भएको हो । निर्वाचन हुन एकदिन मात्र बाँकी रहँदा बजार सुनसान हुनुले निर्वाचनलाई लिएर मतदाता उत्साहित भएको देखिन्छ । यता मतदान केन्द्रहरूमा पनि तयारी पुगेकाेछ । हिमा गाउँपालिकाअन्नपुर्ण मा.वि मषटामाडुका सहायक मतदान अधिकृत उमेश न्याैपानेले तयारि पुरा भएकाे बताउनस भयाे ।
जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार ६ सय ३८ जना मतदाता रहेका छन् । जसमा निर्वाचन क्षेत्र (क) मा पुरुष १८ हजार ८ सय ७८ र महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना रहेका छन् । यस निर्वाचन क्षेत्रमा चन्दनाथ नगरपालिका सहित तातोपानी,गुठिचौर,पातारासी गाउँपालिका रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र (ख) मा पुरुष १६ हजार ८ सय २२ र महिला १५ हजार ३३ जना गरी जम्मा ३१ हजार ८ सय ५५ जना मतादाता रहेका छन् । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचन क्षेत्र (ख) भन्दा निर्वाचन क्षेत्र (क) मा ४ हजार ९ सय २८ जना मतदाता बढी छन् ।