०८ पुष २०८१, सोमबार

७ वटै प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, मंसिर २८, २०७९

निर्वाचन आयोगले  सातै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित सांसद नामावली निर्वाचित भएको घोषणा गरेको छ । आयोगले सात वटै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

जसमा, प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् । मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७–७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ । बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २–२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २–२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १–१ सिट पाएको छ ।

कर्णाली प्रदेशमा एमाले र कांग्रेसले ५–५ माओवादीले ४, राप्रपा र नेकपा एसले १९१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३–३ राप्रपा र नेकपा एसले १–१ सिट पाएको छ ।

 

प्रदेश सभातर्फका समानुपातिक सांसदको सूची तलको लिंक क्लिक गरेर हेर्नु्होस्ः

१) समानुपातिक निर्वाचन प्रणाली तर्फको कर्णाली प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

२) समानुपातिक निर्वाचन प्रणाली तर्फको गण्डकी प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

३) समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रदेश नं. १ प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

४) समानुपातिक निर्वाचन प्रणाली तर्फको बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

५) समानुपातिक निर्वाचन प्रणाली तर्फको मधेश प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

६) समानुपातिक निर्वाचन प्रणाली तर्फको लुम्बिनी प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

७) समानुपातिक निर्वाचन प्रणाली तर्फको सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण

यहाँ कमेन्ट गर्नुहोस्