०७ पुष २०८१, आइतबार

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

खबरसबैकाे समाचारदाता बुधबार, माघ ११, २०७९

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त भएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेताले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट भौतिक पूर्वाधार , ऊर्जा तथा जलस्रोत मन्त्रीमा मुगुका मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुर्खेतका कृष्णबहादुर जिसी ‘जितेन्द्र’, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा सल्यानका मंगलबहादुर शाही नियुक्त भएका छन् ।

एमालेबाट भने आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल नियुक्त भएका छन् ।

यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार जना र नेकपा एमालेबाट तीन जना मन्त्री बनेका छन्।

आज नियुक्त भएका ४ जना मन्त्रीको शपथ बेलुका ६ बजे तोकिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्