०७ पुष २०८१, आइतबार

राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ ( संक्षिप्त विवरण सहित)

खबरसबैकाे समाचारदाता, काठमाडौं शुक्रबार, चैत्र १०, २०७९

राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ ।  राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ९४८.९८ प्रतिशत पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ९५१.०२ प्रतिशत महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०‍‍.००१ प्रतिशत हो।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो भने विस्तृत र अन्तिम प्रतिवेदनमा दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या सार्वजनिक गरिएको छ।

संक्षिप्त विवरण यहाँ हेराैं

https://drive.google.com/file/d/1cdn80YAupQOPaqCGG7beWLMDe8diEH1X/view?usp=share_link विवरण

यहाँ कमेन्ट गर्नुहोस्