०७ पुष २०८१, आइतबार

मुगुमकार्मारोङ गाँउपालिकामा पूर्वधार काममा अनिवार्य रुपमा बृक्षारोपण

रबि हमाल, असार मंगलबार, आषाढ १२, २०८०

मुगु जिल्ला उत्तरी पूर्बी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाँउपालिकामा पूर्वधार काममा अनिवार्य रुपमा बृक्षारोपण हुने भएकाे छ ।

मुगु जिल्ला उत्तरी पूर्बी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाँउपालिकामा आगामी आ. ब. मा संचालन हुने बिकास निर्माण संग सम्बन्धित पूर्बाधार बिकासका आयोजानहरु निर्माण गर्दा अनिबार्य रुपमा बृक्षारोपण हुने भएकाे हाे । गाउँपालिकाले हरित पूर्नलाभ समाबेशी विकास ग्रिड अबधारणा बमोजिमका योजना बनाउने निति लिएको छ ।

गाउँपालिकाको कुल २ हजार १ सय ६ वर्ग कि.मि अर्थात २१ ह्जार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको जमिन मध्य करिब ३.९८ प्रतिशत अर्थात ८ हजार ३ सय ९० हेक्टर जमिन खेति योग्य रहेको छ । भने करीब ७० हजार १ सय ५० हेक्टर क्षेत्रफल अर्थात ३३.३१ नाङ्गो डाँडा र ६.४३ हेक्टर क्षेत्रफलको जमिन हिउले ढाकिएको हुदा यो क्षेत्र निकै जलबायु परिबर्तनको हिसाबले जोखिममा पर्ने देखिन्छ ।

दिन प्रति दिन बढ्दो जनसंख्या र जलवायु परिबर्तनमा देखिएको असरलाई मध्य नजर गर्दे गाँउपपालिका भित्र संचालन हुने पूर्बाधार बिकास संग सम्बन्धित जुनसुकै आयोजनाहरु निर्माण गर्नुपूर्ब लागत स्टीमेटमै बृक्षारोपण याेजना राखिने  गाँउपालिकाका प्रमूख प्रशासकिय अधिकृत सुवास चन्द्र रावलले बताए ।

पालिकाको हरेक बस्तीका सिरानमा हिउले थुपारिएका हिमाल र गोडामा कर्णाली नदीले बर्षेनी करीव १ देखि २ मिटर सम्मको जमिन कटान हुदै जानु र बाह्रै महिना हिँउ जमीरहेने यहाँका हिमालको हिँउ बिगत केही बर्ष यता हिउ नदेखिनुले यहाँको समुदाय थप जलबायु परिबर्तनमा निकै चुनौती देखिएकाे छ । याे न्यूनिकरणका लागि बृक्षाराेपण लाइ  प्रथामिकीकरण  गरिएकाे स्थानिय पूर्बाधार सहयोग कार्यक्रम कर्णाली पाईलटका योजना तथा क्षमता बिकास सल्लाहकार जगत भामले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्