०७ पुष २०८१, आइतबार

सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, भाद्र २३, २०८०

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले एक सूचना मार्फत २३ गते शनिबार ५ बजे देखि २४ गते ८ बजे सम्म हुने जनाएको छ ।

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको जनाइएको छ।

कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

 प्रशासन कार्यालयको सूचना।।

यहाँ कमेन्ट गर्नुहोस्