०७ पुष २०८१, आइतबार

कालीकोटमा जिल्ला स्तरीय बाल सम्मेलन सम्पन्न

जानकी सिह (कालिकोट) बिहिबार, जेठ ०३, २०८१

नौ बुँदे कालीकोट घोषणा पत्र जारी गर्दै जिल्ला स्तरीय बाल सम्मेलन बुधवार सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुदे कालीकोट घोषणा पत्र जारी गरेको हो ।
कालिकोटका ९ वटै स्थानीय तहबाट सदरमुकाम मान्म आएका बालबालिकाले बाल भेलामार्फत सवालहरुको पहिचान गरी प्राथमिकीकरणबाट आएका सवाललाई घोषणा पत्रमा समेटेर जिल्ला समन्वय प्रमुख धनजीत शाहीमार्फत स्थानीय तहलाई बुझाउन हस्तान्त्रण गरिएको तिलागुफा बाल संजालका अध्यक्ष नमूना रोकायाले बताइन् । बालबालिकामाथि अझै पनि हिंसा कायमै छ । घोषणा पत्र बाचन गर्दै रोेकायाले भनिन् सुखी र समृद्ध नेपाल बनाउन बालबालिकामा लगानी बढाउनुपर्छ । उनले निःशुल्क र गुणस्तरीय शिक्षा नारा र प्रचारमा मात्र सीमित भएको सुनाउदै गाउका विद्यालयमा गुणस्तरीय शिक्षा दिन सके बीचैमा पढाइ छाडेर बाल विवाह गर्ने, ज्याला मजदुरीका लागि विद्यालय छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताइन् ।
तिलागुफा नगरपालिकाले बाल हित कोषको स्थापना गरेर जोखिममा रहेका बालबालिकाको संरक्षणमा सहयोग गरे पनि बाल कल्याण अधिकारी नियुक्त नगरेको सुनाइन् । उनले गरिबीको कारण आफ्ना गाउँका बालबालिकाले गुणस्तरीय जीवन बाच्न नपाएको गुनासो पोखिन् ।

प्लान इन्टरनेशनल, सेभ द चिल्डे्नको सहयोगमा किर्डाक नेपाल, सिसिआर कर्णाली, सादा, हुरेन्डेक, भिडिसेफलगायतका विकास साझेदारको सहकार्य र सहजीकरणमा सामाजिक विकास कार्यालय कालीकोटले आयोजना गरेको जिल्ला स्तरीय बाल सम्मेलन संघीयतापछि पहिलो पटक आयोजना भएको किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले बताए । संघीयतापछि पहिलो पटक जिल्लाभरीका बालबालिका एकै थलोमा सहभागी भए । बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका उपाध्यक्षसमेत रहेका पाण्डेले भने सम्मेलन अत्यन्तै प्रभावकारी भयो । यो सम्मेलनले स्थानीय तहको बजेटमा पैरवी गर्न सहयोग पुग्नेछ, उनले भने बालबालिका ऐनले ब्यवस्था गरेका प्रावधान कार्यान्वयन गर्न बालबालिकाले खबरदारी गरेका छन् ।

जिल्ला समन्वय प्रमुख धनजीत शाही, खाडाचक्र, रास्कोट र तिलागुफाका नगर प्रमुखहरु क्रमशः कमलवहादुर शाही, धर्मराज शाही र शंकर उपाध्याय, महाबैका अध्यक्ष खेमवहादुर सिंह, नरहरिनाथका उपाध्यक्ष कमलकुमार शाह, तिलागुफाका उपप्रमुख महेन्द्रवहादुर शाहीलगायतका जनप्रतिनिधि अतिथिकोरुपमा रहेको सम्मेलनमा बालबालिकाले उठाएका सवाल आगामी योजना तर्जुमाका लागि मार्गदर्शन भएको सम्मेलनका प्रमुख अतिथि धनजीत शाहीले बताए । वयस्क ब्यक्तिले भन्दा गहनरुपमा बालबालिकाका सवाल आएका छन् । उनले भने आ आफ्नो योजनामा राख्ने सबै स्थानीय तहलाई अनुरोध छ । उनले बालबालिकाले तयार गरेर जारी गरेको घोषणा पत्र जिल्ला समन्वयको तर्फबाट स्थानीय तह, प्रदेश सरकार र बालबालिकाका क्षेत्रमा काम गर्ने विकास साझेदारलाई पठाइने प्रतिबद्धता गरे ।
नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पलाता, पचालझरना, खाडाचक्र, महाबै, शुभकालिका, तिलागुफाबाट आएका ३३ बालिका र १० बालक गरी ४३ जना बालबालिका ३ समुहमा विभाजित भएर सवालहरुको पहिचान गरी प्राथमिकीकरण गरेर घोषण पत्रमा समेटेको सहजकर्ता समेत रहेकी शुभकालिका गाउपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले बताइन् । बालबालिकाको संरक्षककोरुपमा स्थानीय तहका महिला, बालबालिका शाखा प्रमुख आएका थिए ।
बाल सम्मेलनले कालीकोटमा सबैभन्दा बढी बालविवाहको समस्या रहेको जनाउदै सरोकारवालाई रोमथाम, न्यूनीकरण र अन्त्यको योजना बनाउन माग गरेको छ । कालीकोट घोषण पत्रको पहिलो बुदामै भनिएको छ । कर्णालीमा अझै पनि बालविवाह हुने गरेको तथ्यलाई विचार गर्दै बालविवाहले बालबालिकाको पढाइ, स्वास्थ्य र विकासमा प्रतिकूल प्रभाव पारेकोले यसलाई अन्त्य गर्न विहावारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउन सवै स्थानीय तहको विशेष ध्यानाकर्षण गराउदै बालविवाहलाई अन्त्य गर्न सबै स्थानीय तहबाट विशेष कार्यक्रमको घोषणा गरियोस् ।
त्यस्तै सम्मेलनले कालीकोटका ९ वटै स्थानीय तहमा अनिवार्यरुपमा बालबालिका सम्बन्धी नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि पहल गर्दै बालबालिका ऐन २०७५ को प्रभावकारी कार्यान्वयनको लागि ध्यानाकषर्ण गरेको छ । बालबालिका ऐनले तोकेको सबै पालिका तथा वडा तहमा बालअधिकार समितिको गठन, अभिमुखीकरण, बाल कल्याण अधिकारीको ब्यवस्था र बाल हितकोषको ब्यवस्था अझै छैन, तत्काल गरियोस् ।
बालबालिकाले कालकिोटमा हिड्ने बाटो, पढ्ने विद्यालयलगायतका संरचना बालमैत्री नभउको ठहर गर्दै सबै स्थानीय तहले बाल तथा अपांग मैत्री भौतिक संरचना निर्माण गरी बाल मैत्री वातावरण बनाउदै बालमैत्री वडा, पालिका बनाउदै घोषणाको लागि पहल गर्न माग गरेका छन् ।
बाल सम्मेलनले संविधानले कक्षा ८ सम्मको आधारभूत शिक्षा अनिवार्य र माविसम्म निःशुल्क भने पनि कालीकोटका बालबालिकाले शिक्षक दरवन्दीको अभावमा निःशुल्क शिक्षा नपाएकोतर्फ पनि सरोकारवालाको ध्यानाकषर्ण गरेको छ ।

जलबायु परिवर्तनले बालबालिकामा पनि नकारात्मक असर पुर्याएको जनाउदै बालबालिकाले सबै स्थानीय तहले हरित विद्यालय, हरित रोड र हरित समुदायको अवधारणा अनुसार बृक्षारोपण गर्दै जलवायु मैत्री नीति निर्माण गर्न बालबनालिकाले माग गरेका छन् । उनीहरुले जिल्ला अधिकांश गाउवस्तिमा अझै पनि छाउपडी प्रथा, जातीय विभेद, छोराछोरी बीचमा हुने लैगिंक विभेद, बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार, बाल श्रम रहेको सुनाउदै अन्त्य गर्न सरोकारवालालाइृ भनेका छन् । विद्यालयमा गुनासो सुनुवाई संयन्त्र हुनुपर्ने कानूनी ब्यवस्था भए पनि प्रभावकारी नभउको ठहर गर्दैे कालीकोटका बालबालिकाले सवै स्थानीय तहले विद्यालय तथा पालिकामा गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउदै बालबालिकाका गुनासो सुन्ने परिपाटीको ब्यवस्था पनि भनेका छन् ।
स्थानीय बालअधिकार समितिमार्फत आगामी ३ महिना भित्र जिल्ला भरका सबै पालिका र वडामा बाल क्लब तथा संजाल गठन गर्न बजेट विनियोजन हुनुपर्ने माग गरेका बालबालिकाले विदालय तथा बजार क्षेत्र आसपास भित्रै मदिरा बेचबिखन र सेवन गर्नेले पढाईमा बाधा उत्पनन गराएको गुनासो पनि घोषणा पत्रमार्फत पोखेका छन् ।
कालिकोटका बालबालिकाले आफूले भोगेका देखेका समस्या पहिचान गरेर घोषणा पत्रमा समेटेकाले उनीहरुको आवाज सवबैले सुन्नुपर्ने प्लानका जनक गिरीले बताए । बालबालिकाले गठाउका सवाल महत्वपूर्ण भएकाले आगामी बजेटमा समेट्न पहल हुने तिलागुफाका उपप्रमुख महेन्द्रवहादुर शाहीले प्रतिबद्धता गरे । दुई दिने सम्मेलनमा स्थानीय तहले बालबालिकाका लागि गरेका असल अभ्यासबारे पनि छलफल गरिएको नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए ।

पदाधिकारीमा सबै बालिकाः
जिल्लाका ९ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी निर्माण भएको जिल्ला बाल संजालको पदाधिकारीमा सबै बालिका निर्वाचित भएका छन् । ५ जना पदाधिकारीमा सबै बालिका निर्वाचित हुदा संवालमा ३ जना मात्र बालक छनोट भए । १३ सदस्यीय संजालको अध्यक्षमा तिलागुफाकी बन्दना शाही, उपाध्यक्षमा नरहरिनाथकी पवित्रा विश्वकर्मा, सचिवमा शुभकालिकाकी यमुना बोहोरा, सहसचिवमा रास्कोटकी रोजना सार्की, कोषाध्यक्षमा पलाताकी निशा जैसी निर्वाचित भइन् । सदस्यमा जनजातिको तर्फबाट शुभकालिकाकी पवित्रा रोकामगर र सान्नीत्रिवेणीकी अस्मिता लामा विजयी हुदा अपांग सदस्यमा खाडाचक्रमा महेश पाण्डे चुनिए । त्यस्तै, अन्य सदस्यमा पचालझरनाका हिक्मत विश्वकर्मा, सान्नीत्रिवेणीका कुल सिम्खाडा, महाबैकी विनिता मल्ल र खाडाचक्रकी प्रमिला शाही छनोट भए ।

यहाँ कमेन्ट गर्नुहोस्