खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, पुष १३, २०८१
हुम्लामा पुन हिमपात भएको छ । शनिबार बिहान ३ बजेबाट हिमपात सुरु भएको छ । हिमपातले यातायातको एक मात्र बिकल्प हवाई सेवा पनि अवरुद्ध भएको छ । यस वर्ष गत मंसिर २४ गते पहिलो र पौष ९ गते दोस्रो हिमपात भएको थियो भने यो तेस्रो हिमपात हो ।
हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनसमा झरेको छ । बिहानैबाट हिउँ पर्दा चिसोले सिमकोट बजारमा मानिसको चहलपहल घटेको छ । प्राय होटेल, पसल बन्द छन ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ । दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका उच्च स्थानमा हिमपात भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्