खबरसबैकाे समाचारदाता, काठमाडाैं आइतबार, पुष १४, २०८१
युवा तथा खेलकुद मन्त्रालयले सरकारको निर्देशन र अदालतको आदेशविपरीत नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी हुने खेल संघलाई कारवाही गर्ने तयारी गरेको छ। मन्त्रालयले नियमविपरीत ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा सहभागी भएका संघलाई कारवाही गर्न प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनाएका छन्।
उनले भने, ‘ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिने खेल संघलाई स्पष्टिकरणका लागि यसअघि नै पत्र पठाइसकेको छ। जवाफको लागि तीन दिनको समय दिइएको छ । तीन दिनपछि त्यही अनुसार कारबाही प्रक्रियाअगाडि बढाउँछौं।’
ओलम्पिक कमिटीमा २७ संघ आबद्ध छन्। त्यसमध्ये २० खेल संघ शनिबार भएको ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका थिए। ७ संघले भने अदालतको आदेश पालना गर्दै निर्वाचनमा सहभागिता जनाएनन्।
#अनलाइन डट्कम बाट साभार
यहाँ कमेन्ट गर्नुहोस्