१७ पुष २०८१, बुधबार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको आईसीयूमा उपचार हुँदै

खबरसबैकाे समाचारदाता, काठमाडाैं आइतबार, पुष १४, २०८१

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।

उनका अनुसार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा वैद्यको उपचार भइरहेको छ । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थपिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘शुक्रबार साँझबाट घ्याँरघ्याँर बढेको थियो । त्यसपछि आईसीयूमा राखेर उपचार गराइरहेका छौं,’ ती चिकित्सकले भने ।

आइतबार दिउँसोबाट केही सुधारोन्मुख, श्वासप्रश्वास सहज महसुस गर्नुभएको जनाइएको छ । अघिल्ला वर्षहरुमा पनि समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् । ‘उहाँको १५ वर्षदेखि नै दमको पुरानो समस्या रहेको चिकित्सकले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्