०७ पुष २०८१, आइतबार

विद्यालयमा बालमैत्री धारा बनेपछि

Khabarsabaiko आइतबार, पुष ०८, २०७५

राज शाही

हुम्ला ८ पौष

हुम्लाको तत्ककालीन बरगाउँ गा.वि.स. हालको सिमकोट गा.पा. वडा नं. ३ बालमैत्री घोषणा पश्चात अन्य वडा र गाउँपालीकामा पनि बालमैत्री बनाउन सहयोग गर्ने उद्देश्यका साथ हुम्लामा कार्यरत गैर सरकारी र स्थानिय तहको विकास निर्माणका संरचना बालमैत्री बनाउन चासो बढेको देखिन्छ।

हुम्ला जिल्लालाई बालमैत्री बनाउन नसकी रहेका वेला जिल्लाका गैर सरकारी संस्थाले विद्यालयमा रहेका बालबालिका लार्इ बालमैत्री धारा निर्माण गरि खानेपानी पहुँच सहज तरिकाले प्रयोग गर्नपाउने बनार्इ रहेका छन् ।

यस अघी सिमकोट गाउँपालिकाको कालसिल्ता प्राथामिक विद्यालयमा २ वटा धारा निर्माण गरि बालमैत्री खानेपानि सेवा दिएको गुड नेभर्स इन्टर नेस्नल नेपालले पुनः सर्केगाड गाउँपालिकाका २ वटा माध्यामिक विधालयमा १ १ वटा बालमैत्री धारा निर्माण गरि बालमैत्री खानेपानीको पहुँच पुर्याएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा सर्केगाड गाउँपालिका वडा न २३ मा रहेको लाली गुराँस माध्यामिक विद्यालय र सोही गाउँपालिकाको ४ को माहादेव प्राथिमक विद्यालय मुण्डीमा बालमैत्री धारा निर्माण गरि बालबालीका लागी बालमैत्री खानेपानीको पहुँच प्रदान गरेकाेछ । उक्त धाराहरु ५ लाख ३० हजार संस्थाको आर्थिक सहयोग र ३ लाख विद्यालयको श्रमदान रहेको सोही संस्थाका कार्यकारी निर्देशक गोविनदबहादुर शाहीले जानकारी दिए ।साथै विद्यालयमा अध्यनरत बालबालीका सहजरूपमा पानी खान पाउँदा हर्सित छन् ।

यहाँ कमेन्ट गर्नुहोस्