Khabarsabaiko सोमबार, पुष १६, २०७५
अर्जुन बोहरा पुस १६
हुम्ला– चीनको स्वासाछित क्षेत्र पुराङ्ग काउण्टीमा रहेको मानसरोवर कैलाश तिर्थ अब हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ अन्तरतको लिमी लाम्प्चा भञ्याङ्गबाट मानसरोवर दर्शन गर्न सकिने भएको छ । मानसरोवर कैलाश दर्शन गर्न असल गन्तव्य स्थल हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चा भञ्याङ्ग सम्भावना बढेको हो । आगामी वर्षको योजना अनुसार लिमी लाप्चा भञ्याङ्गबाट सम्भावना देखिएको छ । नेपालकै लाप्चा भञ्याङ्गबाट चीनको मानसरोव र कैलाश दृश्य देखिने भु भाग नेपालको लिमी नै पाइएपछि यो सम्भाबना बढेको पाइएको छ ।
नाम्खाको लाप्चाबाट मानसरोवर र कैलाश एकैपटक दृश्यावलोकन गरी दर्शन गर्न पाईने उचित स्थानको रुपमा विकास हुँदै आएको छ । हाल हुम्लाको लाप्चा भञ्याङ्गबाट आन्तरिक पर्यटकहरुले मात्रै उपयोग गदै आएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले बताए ।
यो वर्ष र अर्को आर्थिक भित्रै भ्यु टावर सहितको अन्य आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न लागेको अध्यक्ष लामाले बताए । सल्ली खोला देखि २ घण्टा टाढाको दुरी रहेको छुङसा खोला बाँस बस्नका लागि सार्वजनिक भवन निर्माण गर्न योजना रहेको अध्यक्ष लामाको छ । भवन निर्माणका लागि नेपाल पर्यटन बोर्डले १५ लाख बजेट विनियोजित गरेको अरु बाँकी नाम्खा गाउँपालिकाले बजेट हाल्ने अध्यक्ष लामाको भनाई रहेको छ ।
नाम्खा गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नको लागि प्रचार प्रसार र अन्य सुविधा सहित पर्यटकलाई लाप्चाबाट दर्शन गराई पर्यटन प्रवद्र्धनको लागि टेवा पु¥याउने गरी गाउँपालिकाको आर्थिक समुन्नती बढाउनको लागि पहल गरिने अध्यक्ष विष्णु लामाको छ । सदरमुकाम सिमकोट देखि ३ दिनको पैदल यात्रापछि लिमी लाप्चा भञ्याङ पुग्न सकिने वातावरण सिर्जना गरिने छ । अध्यक्ष लामाले भने । यसको लागि सडकको स्तरोन्तती, सवारी साधनको प्रयाप्तता लगायतको सुविधामा जोड दिईने गाउँपालिकाको योजना रहेको छ ।
सुन्दर दृश्यावलोकन र फरक संस्कृतीको स्वाद पर्यटकले लिन सक्ने अवस्था लिमीमा रहेको छ ।
हरेक वर्ष पैदल यात्रा, वन्यजन्तु, बोटविरुवा, संस्कृती अवलोकनको लागि आन्तरिक तथा तेस्रो मुलुकका पर्यटकको राम्रो आवागमन लिमी र लाप्चा भञ्याङ्गमा हुने गरेको छ ।
विशेष गरी त्यस क्षेत्रमा भाद्रको अन्तिम देखी कार्तिकको पहिलो हप्तामा मौसममा सुधार आउने भएकोले पर्यटक र तिर्थयात्रीको आवागमनको उपस्थिती बाक्लो हुने गरेको छ । तेस्रो मुलुकका पर्यटक पैदलै भ्रमण गर्न रुचाएको भएता पनि आन्तरिक पर्यटकको लागि भने सवारीको सुविधा जरुरी हुने गरेको छ ।
समुद्री सतहबाट ४ हजार ८ सय मिटरको उचाईमा रहेको लिमीको लाप्चा भञ्ज्याङ्ग अति नै सुन्दर ठाउँ पनि हो ।
हुम्लाको उत्तरी नाम्खा गाउँपाालिकाको लिमीको लाप्चा भञ्याङ्गबाट पशुपन्छीको आकर्षक वासस्थानको रुपमा चिनिएको यो भञ्याङ्गबाट दर्शनको साथमा वन्यजन्तु र पशुपंछीको अवलोकन गर्न पाईने भए पछि पर्यटकको रोजाई रहँदै आएको छ । सदरमुकाम सिमकोटबाट पैदल हिँडेर नेपाली यात्रीको लागि ३ दिन र तेस्रो मुलुकका यात्रीले ६ दिनको हिँडाई पछि लिमी लाप्चा भञ्याङ्ग पुग्ने गरेका छन । नेपालकै अति नै सुन्दर ठाउँको रुपमा पर्यटकले लाप्चा भञ्याङ्ग र लिमी उपत्यकालाई लिने गरेको पाईएको छ । वन चौंरी, वन घोडा र वन्यजन्तुको उपयुक्त वासस्थानको लागि समेत लिमी लाप्चा भञ्याङ्ग प्रसिद्ध रहेको छ ।
यस वर्षको आँकडा अनुसार तेस्रो मुलुकका पर्यटक ३ सय ७६ र आन्तरिक पर्यटक ७ सय २१ जनाले मानसरोवर कैलाश नेपालबाटै गरेको तथ्याँक नाम्खा गाउँपालिकाले सार्वजनिक गरेको छ ।
यस क्षेत्रको भ्रमणको लागि स्थानिय प्रशासनबाट अनुमती लिनु पर्ने प्रावधान रहेको छ । नेपाल सरकारले हुम्लाको सिमकोट बाहेक सबै क्षेत्रलाई निषेधाज्ञा घोषणा गरेको छ भने भ्रमण र अध्ययनको लागि सरकारको अनुमति विना कोही कसैलाई हुम्लाको सबै क्षेत्र भ्रमण गर्न नपाउने प्रावधान रहेको छ ।