०७ पुष २०८१, आइतबार

हुम्ला सातै वटा स्थानिय तह अतिदुर्गममा

Khabarsabaiko शनिबार, पुष २१, २०७५

अर्जुन बोहरा सिमकोट पुस २१ गते
सरकारले राज्यको पुर्नसंरचना पश्चात् साविकमा रहेको जिल्लागत प्रशासनिक वर्गीकरणलाई स्थानीय तहअनुसार पुनरावलोकन गरेको छ । पुनरावलोकन अनुसार स्थानीय तहको प्रारम्भिक प्रशासनिक वर्गीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ ।
पुनरावलोकन अनुसार हुम्लाका ७ वटा स्थानिय तहहरु (क) वर्गमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भीक प्रशासनिक वर्गीकरण अनुसार स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गलाई अतिदुर्गम, ‘ख’ वर्गलाई दुर्गम, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहकोमा विभाजन गरेको छ । हुम्ला जिल्लाका ७ स्थानिय तहहरु अतिदुर्गम अर्थात (क) वर्गमा परेका छन् । जिल्लाको नाम्खा,सिमकोट,खार्पुनाथ,सर्केगाढ,चंखेली, अदनचुली र ताँजकोट गाउँपालिका लाई अतिदुर्गममा राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वर्गीकरणमा विद्यमान ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६२ लाई अतिदुर्गम (क) वर्गमा, २ सय १८ लाई दुर्गम (ख) वर्गमा, २ सय ७५ लाई मध्यम (ग) वर्गमा र ९८ लाई सुगम (घ) वर्गमा राखिएको छ । वर्गिकरण अनुसार सबैभन्दा बढी स्थानी तह ‘ग’ वर्ग (मध्य) मा परेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्