Khabarsabaiko सोमबार, पुष २३, २०७५
राज शाही
हुम्ला २३ पौष
स्थानिय निकाय स्थापना संगै स्थानिय स्तरवाट प्राप्त सेवा सुविधा स्थानिय स्तरमा गए पनि, हुम्लाको खार्पुनाथ गाउँपालिकाका सम्पुर्ण काम गाउँपालिका रहेको याँङचु वगरबाटै हुन थालेपनि, गाउँपालिकामा वैंक स्थापना हुन नसक्दा खाता खोल्ने तथा अार्थिक काराेवारका लागि सिमकाेट धाउनुपर्ने वाध्यता खार्पुनाथ गाउँपालिकाका स्थानियवासीकाे छ ।
प्रभु बैङ्क शाखा स्थापनाका लागी गाउँपालिकाले आफ्नै भवनको एक भवन दिने सहमति भए पनि हाल सम्म वैंक स्थापना हुन सकेको छैन । साे स्थापना हुन नसक्दा स्थानियबासि, उपभाेक्ता समितिले र स्थानिय सेवाग्राही अार्थिक काराेवार राष्टिय वाणिज्य बैंक सिमिकोट लिन बाध्यछन्।
खाता खोल्नका लागी एक दिन नमुना दस्तखत कार्ड लिन राष्टि वाणिज्य वैंक सिमकोटमा पुग्नु पर्ने र पछिल्लो दिन गाउँपालिकाको प्रमाणीत दस्तखत नमुना कार्ड लिएर खाता खोल्न सिमकोट पुग्नु पर्ने बाध्यता एक उपभाेक्ता समितिका पदाधिकारी, लालीका विरबहादुर शाहीले व्याक्त्त गरे ।
जिल्लाका अन्य ७ वटै गाउँपालिकामा विभिन्न बैङ्कका शाखा छन् तर खर्पुनाथ गाउँपालिकामा वैंक नहुदा स्थानियवासी सास्थी खेप्नु परेको छ ।