०८ पुष २०८१, सोमबार

सिमकोट भित्रिदै गरेको अबैध मदिरा फेला

Khabarsabaiko शुक्रबार, पुष २७, २०७५

दाने बोहरा
हुम्ला २७, पौष
हुम्ला सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले अबैध चिनिया रक्सी (झिनी) बेवारीसे अवस्थामा भेटाएको छ । दुरसञ्चार मार्गमा रहेको नेपाल प्रहरीको टोलीले रातीको समयमा सिमकोट माथिल्लो बजार तिन धारा स्थित  १५ कार्टुन दुई बोतल चाईनिज (झिनी) रक्सि र ४२ बोतल चाईनिज क्यान वियर बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हरिहर खड्काले बताउनुभयो ।

प्रहरी सहायक भिम बहादुर बस्नेत र हवाल्दार राजेन्द्र केसीको संयुक्तरुपमा खटिएको बजार गस्तिले राति एघार बजेको समयमा अबैध मदिरा भेटाएको सुचना अधिकारी खड्काले बताउनुभयो ।

बेवारीसे अवस्थामा फेला पारिएको अबैध चिनिया रक्सि जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षेक रविन श्रेष्ठले बताउनुभयो ।

उत्तरी चिनको सिमा क्षेत्रबाट सिमकोटमा ल्याउने क्रममा बजार गस्तिको टोली देखेको हुनाले पाखो जमिनमा हतार हतारमा फालिएको हुन सक्ने क्षेष्ठले बताएका छन् ।

चिनबाट भित्रने अवैध मदिरा सुरक्षा कढाई गरिएता पनि सुरक्षाको आखाँ छलेर व्यापारीहरुले चोर नाकाबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको बजार गस्ति २४ घण्टा नै सुरक्षामा खटिएको हुदा चिनिया रक्सी सदरमुकाम सिमकोट भित्र नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । जिल्लाका व्यापारीहरुले चोर नाका बाट गाउँ सम्म अबैध मदिरा भित्र्याउने सके पनि सिमकोट सम्म ल्याउन नसकेको श्रेष्ठको भनाई छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्