०७ पुष २०८१, आइतबार

हिमपातले डाेल्पा सेताम्मेः जनजीवन कष्टकर

Khabarsabaiko मंगलबार, माघ ०८, २०७५

धनगिरी फडेरा
माघ ८, डोल्पा
डोल्पामा सोमबार राति देखि हिउँ पर्न सुरु भए सँगै डोल्पा सेताम्य भएको छ । डोल्पा जिल्लाको उपल्लो डोल्पा र तल्लो डोल्पामा हिमपात भई गाउँ घर भरी भराउ भएका छन् र स्थानियको जनजीवन कष्टकर भएको छ । माथिल्लो डोल्पामा राति देखि नै हिमपात हुन सुरु गरेको हो भने तल्लो भेगमा बिहान देखिनै हिमपात हुन थालेको छ ।
हिमपात हुँदा स्थानिय लाई घर बाहिर निष्कन पनि समस्या बनाएको छ । हिमपात हुँदा घर भित्र नै आगो बालेर बस्न बाध्य भई धारा चर्पि जान पनि समस्या हुने गरेको छ । हिमालि जिल्ला भएकाले घर बाट कामको शिलशिलामा सदरमुकाम आउने र जाने स्थानिय हिउँ पर्दा बाटैमा बिचल्लि भएको छ ।
उपल्लो डोल्पामा पर्ने शेफोक्सुण्डो गाउँपालिको, छाक्रा तासाङ गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिका मा भने दुई फिट बढि हिउँ परेको छ । तल्लो डोल्पामा पर्ने नगरपालिका र गाउपालिका मा पनि एक फिट हिउ परेको छ ।
डोल्पाको सदरमुकाम दुनै वरपर पनि हिमपात भएको छ । सदरमुकाममा पनि आधा फिट हिउ जमेको छ । अझै बेलुका सम्म एकै रफ्तारमा हिउ परे भोलि देखि  कार्यालयमा जान आउनुका साथै काममा बाधा हुन सक्ने छ ।

यहाँ कमेन्ट गर्नुहोस्