Khabarsabaiko सोमबार, माघ २१, २०७५
अर्जुन बोहरा माघ २१ गते काठमाण्डौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाको आज बसेको सचिवालय बैठकले भेनेजुएलामा जारी संकटप्रति पार्टीको दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह पनि गरेको छ । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले भेनजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण गर्दै त्यसबारेमा कुनै भ्रम र गलत प्रचार नगरियोस् भन्ने कुरामा आफ्नो दृष्टिकोण प्रष्ट पारेको जानकारी दिनुभयो ।
भेनेजयुलामा जारी राजनीतिक संकटकाबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपति सतिको विज्ञप्ति निकालेपछि राजनीतिक रुपमा विवाद उत्पन्न गराएको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ गते माघमा विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुलाएला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा माग्यो । परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर, प्रचण्डकै भावमा वक्तव्य जारी र्गयो ।
कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो । अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन ।