०६ पुष २०८१, शनिबार

सामान्य ज्ञान

Khabarsabaiko आइतबार, माघ २७, २०७५

  • नेपालमा हाल कस्तो अर्थ व्यवस्था अवलम्बन गरिएको छ ?
    मिश्रित


  • नेपालको निर्यात व्यापारमा कुन क्षेत्रको भुमिका मुख्य रहेको छ ?
    कृषि


  • नेपाल सरकार ले वैदेशिक रोजगार विभागको स्थापना कहिले गरेको हो ?
    वि.सं. २०६५ पौष १६ गते


  • नेपाल सरकारले वैदेशिक रोजगार निति कहिले ल्याएको हो?
    वि.सं. २०६८


  • हाल सबैभन्दा धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि कुन देशमा गएका छन्?
    कतार


  • नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिले लागु भयो ?
    वि.सं.२०१८ चैत्र २


  • नेपाल राष्ट्र बैंकको स्थापना कहिले र पहिलो गभर्नर को हुन?
    वि.सं. २०१३ बैशाख १४ र हिमालय शमशेर जवरा


  • नेपालको नोटमा राजाको फोटाको सट्टा सगरमाथाको चित्र छाप्ने निर्णय नेपाल सरकारले कहिले गरेको हो ?
    वि.स.२०६३ माघ २५


  • रु ५को नोटमा भेडाको चित्रको सट्टा हिमचितुवाको चित्र राख्न कहिले बाट सुरु भयो ?
    २०७३ असोज ११


  • नेपाली मुद्रालाई कहिले देखि मोरु वाट नेरु लेख्न थालिएको हो ?
    वि.सं.२०१६ श्रावण १४


  • संकलक
  • नन्दराज शर्मा

यहाँ कमेन्ट गर्नुहोस्