२४ चैत्र २०८१, सोमबार

भारतले अन्तरिक्षमा गर्यो आक्रमण

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

एजेन्सी
भारतले अन्तरिक्षमा आक्रमण गर्दै एन्टी स्याटेलाईटलाई झारेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अन्तरिक्षमा रहेको एन्टि स्याटेलाईटमाथि आक्रमण गरेको बताउनुभयो । अन्तरिक्षमा स्याटेलाईट मिसाईल सार्वजनिक गर्ने मुलुकहरुमध्ये अमेरिका, चीन र रुस पछि भारत चौथों राष्ट्र बनेको उहाँले दावी समेत गर्नुभयो । अन्तरिक्षमा ३ सय किलोमिटरको उचाईमा भारतको एन्टि स्याटेलाईटले आक्रमण गरेर त्यसलाई झारेको पनि प्रधानमन्त्री मोदीले दावी गर्नुभएको छ । युद्धको बेला यस किसिमको स्याटेलाईटको आवश्यक हुने हुँदा भारतले पनि अब यसको प्रयोग गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्