१५ पुष २०८१, सोमबार

हुम्लामा शैक्षिक गुणस्तर परिक्षण केन्द्रले बिद्यालयहरुको कार्य सम्पादन परिक्षणःअवस्था कमजाेर

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५

राज शाही

हुम्ला २४ चैत
हुम्ला जिल्लामा  रहेका करिब दुई दर्जन माध्यामिक बिद्यालयहरुको शैक्षिक अवस्था केहीको  बाहेक अन्य सबै  बिद्यालयहरुको कार्य सम्पादन परिक्षण कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रले पहिलो पटक जिल्लामा रहेका  बिद्यालयहरुको स्वमुल्याङ्कन गर्ने क्रममा कमजाेर स्थिती देखिएको हो ।

केन्द्रबाट जिल्लाका दक्षिणी क्षेत्रका ११ वटा माबिहरुको उक्त मुल्याङ्कन गर्न स्थलगत रुपमा जानु भएका परिक्षक दिपक बहादुर शाहीले सबै बिद्यालयको प्रारम्भिक अवस्था ज्यादै दयनीय रहेको जानकारी दिएका छन् । यसको प्रतिबेदन तयारी गर्ने कार्य भै रहेको भए पनि माबिहरुको प्रारम्भिक अबस्था बुझ्दा निक्कै कमजोर अबस्थामा रहेको उहाँले बताउनु भयो ।

बिद्यालयहरुको भौतिक संरचना, शैक्षिणिक कृियाकलाप, आर्थिक व्यावस्थापन, जनशक्तिको व्यावस्थापन जस्ता सुचकलाई आधार मानेर स्वमुल्याङ्कन गर्दा कुनै पक्ष पनि सन्तोसजनक अबस्था नभएको उहाँले बताउनु भयो । जिल्लामा पहिलो पटक उक्त मुल्यांकन गरिएकोले एकपटकलाई सुधार गर्न सुझाब दिईने र पूनः यस्तो अबस्था दोहोरिए कारवाहीका लागि सिफारिस गरिने जानकारी दिएका छन्।

हुम्लाको दिक्षीणी क्षेत्रका चार वटा गाउँपालिकाका ११ वटा माबिहरुमा ताँजाकोटका धर्मोदय, जनप्रकाश र मदानादेब माबि रहेका छन् भने अदानचुलीका सुर्योदय र सल्लाघारी माबि रहेको परिक्षक भण्डारीले बताउनु भयो । त्यसै गरि सर्केगार्ड गाउँपालिकाका लालि गुराँस माबि, हिमज्योति माबि, सरस्वती माबि जैर र कोट माबि रोडिकोट तथा चंखेली गाउँपालिकाको महादेब माबि दार्मा र हिमालय माबि मेल्छामको बिद्यालयहरुको कार्य सम्पादन परिक्षण गर्ने कार्य सम्पन्न भएको उहाँले बताउनु भयो ।

सदरमुकाम नजिकका तीन वटा गाउँपालिकाका नौ वडा बिद्यालयहरु मालिका, हुम्ला, सीता, मान्धारा, रलिङ्ग, मानसरोवर, बालमिन्दर, कैलाश,सैपाल हिमाल, कर्णाली र महाबौद्ध माबिको अर्का परिक्षक राज बहादुर शाहीले गर्नु भएको छ । परिक्षक शाहीले परिक्षण गरेका बिद्यालयहरुमा भने केही बिद्यालयहरुले राम्रो अभ्यास गरेर बिद्यालयलाई अगाडी बढाएको पाईएको उहाँले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्