०७ पुष २०८१, आइतबार

नेकपा हुम्लाले पनि स्थापना दिवस मनायो

Khabarsabaiko मंगलबार, बैशाख १०, २०७६

मन्दिर सिह हुम्ला
बैशाख ९ गतेका दिनमा कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा हुम्लामा पनि विभिन्न कार्यक्रम गरि मनाएका छन । पार्टीद्धारा आयोजित स्थापना दिवस, लेनिन जयन्ती र नयाँ बर्ष २०७६ को चियापान कार्यक्रम नेताहरुले भ्रष्टाचारलाई त्यागेर विकास र सम्वृद्धिमा लाग्नु पर्ने बताएका छन् ।

राणा, पञ्चायत र राजालाई फालेर लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यो सरकारले पुरानै शैलिको काम नग्रन नेकपाका नेता सोनाम ग्याल्जन लामाल आग्रह गर्नु भयो । । विभिन्न कालखण्डमा नेपाल कम्युनिष्ट पार्टी फेरबदल संगै देशमा विभिन्न परिवर्तन भएकोले यसले इतिहासको नयाँ आयम लिएको नेकपा केन्द्रिय सदस्य तथा आजका प्रमुख थिती विजय भण्डारीले बताउनु भयो ।
लामो सघर्ष पछि नेपालले एक नयाँ संरचान पाएको हुनाले पुरानो सरकार भन्दा फरक भएको भण्डारीले बताउनु भयो । हिजोको दिनमा सरकार बदलिएको थियो तर संरचान थिएन अहिले ५ बर्षको स्थाई सकार भएकोले संरचान परिवर्तनको समय भएकोले धेरै निराश हुनु पर्ने अबस्था नभएको केन्द्रिय सदस्य विजय भण्डारीले बताउनु भयो । अहिले सुन्नमा आउने गरेको अनियमिततालाई निर्मुल पार्नमा सबैको सकृय सहभागिता आवश्यक रहेको उहाँले जोड दिनु भयो । आजै कम्युनिष्ट स्थापना दिवसकै अबसरमा बोल्नेक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले पहिला आफै बाट इमान्दरीता भएमा मात्र सहि जिल्लाको विकासको बाटो रोजेमा मात्र जिल्लाको विकास हुने बताउनु भया नेपाली काँग्रेस पार्टी संग सहकार्य गर्न नसकियता पनि ६ वटा गाउँपालिका प्रदेश सरकार र केन्द्रिय सरकार बहमतको सरकार भएकोले विकास निमार्ण लगायतका बिषयमा अगाडी बढनु पर्ने नेपाली काँग्रेस जिल्ला पार्टी सभापती जयपति रोकाया आग्रह गर्नु भयो । नेकपा लाई सुनौलो अवसरमा विकास र सम्वृद्धिमा सदुपयोग गर्न नसकेकोले यसमा लाग्न आग्रह गर्नु भयो ।े आजै संचालन भएको कम्युनिष्ट पार्टीको स्थापना दिवसमै सरकारी निकायानैले ने व्यबस्ता गरेकोले कार्यक्रममा सहभागि नभएको बारेमा गुनासो गर्दे कार्यक्रमका अध्यक्ष लोक बहादुर रावतले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीको कार्यलय हुम्लाले नयाँ बर्ष २०७६ सालको शुभकामाना एवम कम्युनिष्ट स्थापना दिवस र लेनिन जन्मजयन्तिकै अबसर पारी जिल्ला समन्वय समितीको सभाहलमा मनाएको हो । विक्रम संवत २००६ साल बैशाख १० गते तत्कालिन राण शासन विरुद्ध आन्दोलनका लागि भारत पुगेर पुष्पलाल श्रेष्ठ, नारायणविलास वोसी, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्दबैद्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
आजै भएको कम्युष्टिको स्थापना लिवस र शुभकामना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य विजय भण्डारी, नेकपाका ज्ञामी बुमी, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावत, नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति जयपति रोकाया लगायत अन्य नेता कार्यकताको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्