Khabarsabaiko शनिबार, जेठ ०४, २०७६
खबरसबैको सुर्खेत संवददाता
जेष्ठ ४ गते
कर्णाली प्रदेसका मुख्य मन्त्रि महेन्द्रर बहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । शनिबार बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन कर्णाली प्रदेश सुर्खेतमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सभाका सभामुख, कर्णालीवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्व सांसद तथा सभासदहरू, प्रदेशसभाका सचेतक, संसदीय समितिका सभापतिहरू, प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष मुल समिति सदस्य रहेका छन् ।
त्यसैगरी मुल समितिमा मख्यन्यायाधीवक्ता, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्यहरू, नेपाली सेना उत्तरपश्चिम पृतनाका पृतनापति, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालय प्रमुख पनि सदस्य रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको गणतन्त्र दिवस २०७६ प्रदेश मुल समितिका अन्य सदस्यहरुमा नेपाल रेडक्रस सोसाइटी, नेपाल आदिवासी महासंघ, खेलकुद विकास समिति, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, निर्माण ब्यवसायी संघ, औषधि ब्यवसायी संघ, बागिना समूह, लोक दोहरी प्रतिष्ठान सुर्खेत, सामुदायिक वन उपभोक्ता महासंघ, गैसस महासंघ, सहकारी संघ, प्रदेश अस्पताल लगायतका संघ संस्थाहरू रहेका छन ।
वैठकले गणतन्त्र दिवसलाई भव्यरुपमा आयोजना गर्न विभिन्न ४ वटा उपसमितिहरु पनि गठन गरेको छ। वैठकले गणतन्त्र दिवसका कार्यक्रमलाई भव्य र प्रभावकारी रुपमा सम्पन्न गर्ने तयारी गरेको हो।