१२ पुष २०८१, शुक्रबार

तिब्बतीयन मेडिकलमा आयुवेर्दिक पद्धती द्धारा उपचार

Khabarsabaiko सोमबार, जेठ ०६, २०७६

 

राज शाही हुम्ला ६ जेठ

हुम्लाको नाम्खा गाउँपालिका ४  याल्बाङ गुम्बा नजिकै तिब्बतीयन आयुवेर्दिक पद्धती द्धारा उपचार भइरहेको छ ।  आयुर्वे्दिक चिकित्सा परम्परागत उपचार पद्धति पनि भएकाले यसका असर कम र फाईदा धेरै हुने भएकाले  यसको विस्तारमा राज्यले ध्यान पुर्याउनुपर्ने उपचारमा संलग्न मेडिकलका आम्ची केल्साङ छिरिङ तामाङले बताउनुभयो । आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले उपचार गर्न आउनेको विरामी संख्या बढेको आम्ची तामाङले जानकारी दिनु भयो ।

याल्वाङमा संचालन गरेको तिब्बतीयन आयुवेर्दिक मेडिकलले दम, वाथ,वलटप्रेसर, रक्त अलपता लगाएतका विरामीको उपचार गर्ने गरेको मेडिकलका आम्ची तामाङले बताएका छन । दैनिक २० देखि ३० जना सम्म उपचारका  भएको जनाएको छ ।  एक चोटी उपचार गरि सकेपछि पुन पनि उपचार प्रति विश्वा वढ्दै जाँदा सोही मेडिकलको औषधि खरिद गर्न गएको खार्पुनाथ गाउँ पालिका वडा नं ५ का जगदिश शाहीले बताउनु भयो ।उहाँले आफुले यस अघी  पनि पिडिउलाको उपचार सोही मेडिकलमा आयुवेर्दिक पदतीबाट गरेको र त्यसबाट राम्रो परिमाण निकाले पछि पुन सोही औषधी खरिद गर्न गएको शाहीले बताएका हुन ।

मेडिकलमा हुम्ला, वझाङ, बाजुरा, अछाम लगाएतका जिल्लाका विरामीहरु जाने गरेको स्थानिय बासी रिङजिन तामाङले बताइन । १ जना आम्चीको पारिश्रमिक संगै औषधि खरिदमा आर्थिक सहयोग आधार नेपालले गरेको छ । आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले विरामीले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताएका छन । हुम्ला जिल्लामा  सम्भावना भएको जडिबुटि उत्पादन र प्रवद्र्धनमा समेत जोड दिइनु पर्ने जोड दिएको छ ।  जडिबुटिको पकेट क्षेत्र नै बनाई औषधि उत्पादनसमेत गरेर रोजगारीको वातावरण सिर्जना गर्न सकनिे भएका छ ।  आयुर्वेद चिकित्सक डा. संजिवकुमार यादवले कार्यालयबाट आयुर्वेदीक पद्यतीको उपचारहरु प्रभावकारीढंगले प्रदान भईरहेको र अव विस्तारित सेवाहरुबाट अझ धेरै सर्बसाधारण विरामीहरुलाई लाभ हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले सेवालाई सर्बसाधारणको हितमा सर्बसुलभरुपले विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्