Khabarsabaiko मंगलबार, जेठ २१, २०७६
सुर्यमणि बोहरा बरगाउँ हुम्ला
जेष्ठ २१ गते
हुम्लाको दुर्गम भेगमा रहेको रलिङ्गमावि बरगाउँमा पहिलो पटक इन्टरनेट सेवामा जोडिएको छ । सिमकोट गाउँपालिका ३को बरगाउँमा रहेको रलिङ्ग माध्यमिक विद्यालयमा इन्टरनेटसँग जोडिएको हो ।वल्र्ड लिंक कम्युनिकेसनले वाईफाई जडान गरिदिएपछि विद्यालय इन्टरनेट पहुँचमा पुगेको शिक्षक बशन्त थापाले बताउनु भयो । यसअघि इन्टरनेट पहुँच नहुँदा विद्यालयमा भएका कम्प्युटरसमेत खासै प्रयोगमा नआएकोले मंगलबार बाट पुन संचालनमा आएको प्रअ र्निमला सुनावारले बताउनु भयो । अनुसार विद्यालयमा १ सय ७६ विद्यार्थी छन् । विद्यालयमा इन्टरनेट सेवा उपलब्ध भएकाले विद्यार्थी र शिक्षक निकै हर्षित भएको समेत शिक्षक थापाले बताउनु भयो । जसबाट बिद्यार्थीहरु लाई कम्प्युटर र प्रोजेक्टर मार्फत शिक्षण गर्न ,मेल ईमेल गर्न र विद्यालयका बिभिन्न शैक्षिक क्रियाकलापमा समेत सहयोग पुग्ने सोहि विद्यालयका कार्यरत शिक्षक छतुप लामाले जानकारी गराउनु भयो । आगामी दिन देखि मल्टिमिडिया मार्फत शिक्षणमा थप सहयोग पुग्ने भएको छ । इन्टरनेट सेवा उपलब्ध भए पछि पठनपाठन अझ बढी प्रभावकारी हुने हुँदा निकै उत्साहित बनाएको छ ।