Khabarsabaiko सोमबार, आषाढ ३०, २०७६
हुम्ला,
आरसी आई डब्लु (कामको लागि खाद्ययन्न कार्यक्रम) कार्यक्रमका ईन्जिनिअर बशन्त रावत आईतबार विहान देखि कालिका गाउँको लौठी गाउँ देखि हराएका छन । विहान चिया खाएर घर बाट बाहिर निस्कीएका रावत वेलुकी सम्म आफ्नो बस्ने कोठा नआए पछि अहिले अदनचुली गाउँपालिकाका स्थानीय बास्न्दिा र श्रीनगर प्रहरी चौकीले खोजी कार्य गरिरहेको कालिका बाट कृष्ण फडेराले बताउनु भयो ।
एकासी घर बाट निस्कीएका रावत दुर्इ दिन सम्म सम्पर्कमा नआउँदा निज बस्ने साथीको घरमा सोधपुछ तथा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको परिवारमा झनै चिन्ता थपिएको छ । अहिले व्यापक खोजी कार्य भईरहेको छ । रावत सिमकोट गाउँपालिका वडान ६ निवासी जिल्ला समन्वय समितिका हुम्लाका प्रमुख दान बहादुर रावतका माहिला छोरा हुन् ।
अहिले हुम्लाको दक्षिण ताँजकोट र अदनचुली गाउँपालिकामा संचालन भएका RCIW (कामको लागि खाद्ययन्न कार्यक्रम)को लागि खटिनु भएको हो । आफु भाडाको कोठा लिएर बसेको घरबाटै एकासी हराउँदा अहिले रावतका आफन्त र अदनचुल गाउँपालिका निवासीहरु खोजी कार्य तिव्र पारेका छन ।