Khabarsabaiko शुक्रबार, साउन १०, २०७६
जुम्ला
जुम्लामा रहेका वित्तिय संस्थाहरु सामाजिक क्षेत्रमा लगानि गर्न तयार रहेको बताएका छन् । लगानि गर्नको लागि साझेदारीको खोजि भएको उनिहरुले बताएका हुन् । असल साझेदारी नभेटिएका कारण सामाजिक क्षेत्रमा सोचे जति लगानि गर्न नसकिएको बताएका छन् । मंगलबार किर्डाक नेपाल जुम्लाको आयोजना र वल्र्ड्भिजन इन्टरनेश्नल नेपालको सहयोगमा भएको छलफल कार्यक्रममा वित्तिय संस्थाहरुले सामाजिक क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका हुन् । बैँकहरुले वर्षमा गरेको मुनाफा मध्ये १ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्न तयार रहेको उनिहरुको भनाइ छ ।
लगानि गर्नु पर्ने वास्तविक क्षेत्रको पहिचान नभएकाले यो भन्दा पहिले सिधै लगानी गर्न नसकेको जिल्लामा रहेको वित्तिय संस्थाहरुले बताएका छन् । सिद्धार्थ बैँक जुम्लाका प्रबन्धक प्रकाश तिवारीले सामाजिक क्षेत्रमा गत वर्ष दुई लाख रकम लगानि गरेको बताउनु भयो । लगानि गर्ने स्थान र असल साझेदार भेटिए लगानि गर्न तयार रहेको उहाँको भनाइ छ । नेपाल इन्भेष्टमेन्ट बैँक जुम्लाका प्रबन्धक एकराज महतले बैँकहरुले वार्षिक गर्ने करोबारको केहि अंश सामाजिक क्षेत्रमा खर्च गर्न सकिने बताउनुभयो ।
विपन्न बालबालिको शिक्षा र अन्य सामाजिक क्षेत्रमा खर्च गर्न बैँकहरु तयार रहेको उहाँको भनाइ छ । जिल्ला शाखाहरुले सिधै सहयोग गर्न नमिल्ने भन्दै उहाँले साझेदारसँग मिलेर गर्न सकिने कामका बारेमा माथिलो निकायमा जानकारी गराउन सकिने महतको भनाइ छ । माछापुच्छे बैँकका शाखा प्रबन्धक मनवहादुर गुरुङ्गले बैँकहरुले दिएको सेवालाई जानकारी दिन तथा बचत गर्ने बानीको विकास गराउनको लागि सामाजिक क्षेत्र महत्पूर्ण भएको प्रतिक्रिया दिनुभयो । सामाजिक क्षेत्रमा बैँकहरु सिधै जान नसकेको बताउँदै उहाँले आगामी दिनमा निजि क्षेत्रसँग मिलेर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्राइम लाईफ इन्स्योरेन्स जुम्लाका शाखा प्रमुख करवहादुर शाहीले निजि क्षेत्रसँगको सहकार्यमा जीवन विमा कार्यक्रम र सामाजिक क्षेत्रमा काम गर्न सकिने बताउनु भयो । छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले वित्तिय संस्थाहरुले पहुँचमा नभएका व्यक्तिलाई सहुलियत कर्जा दिनु पर्ने बताउनुभयो ।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्न आग्रह गर्दे उहाँले स्थानीय सरकारसँग मिलेर काम गर्दा अझै प्रभावकारी हुने उहाँको भनाइ छ । कर्णाली विकास आयोगका पूर्व अध्यक्ष डाक्टर कलवहादुर रोकायाले समाजमा पछि परेका नागरिकहरुको जीवन स्तरमा सुधार हुने कर्जाहरु प्रवाह हुनु पर्ने जानकारी गराउनु भयो । बैँकहरुले दिने सेवा प्रभावकारी भएको भन्दै उहाँले वित्तिय संस्थाहरुले गर्ने कामका बारेमा तल्लो तहसम्म जानकारी गराउन आवश्यक रहेको बताउनु भयो ।
किर्डाक नेपाल जुम्लाका निमित्त जिल्ला संयोजक दिपराज रावतले बैँकहरुले गर्ने सामाजिक कार्यमा किर्डाकल हातेपालो गर्न सकिने बताउनु भयो । बैँकहरुले सामाजिक क्षेत्रमा गर्न सक्ने लगानिको विषय स्पष्ट भएमा सहकार्य गर्न सकिने उहाँको भनाइ छ । किर्डाकले समाजका विभिन्न क्षेत्रमा काम गरेको भन्दै रावतले बैँकहरुसँग पनि सहकार्य गर्न सकिने बताउनुभयो ।