०९ पुष २०८१, मंगलबार

सिमकोट आसपास क्षेत्रमा १८ हजार गाँजाको बोट नष्ट

Khabarsabaiko शुक्रबार, साउन १०, २०७६

हुम्ला
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट , सिमकोटमा रहेको विमानस्थल भित्र उम्रेका गाँजाका बोटहरु नष्ट गर्दै आएको छ । बुधबार सिमकोट विमानस्थल क्षेत्रमा उम्रेका गाँजा करिब १५ देखि २० हजार सम्मका बोट प्रहरीले नष्ट गरेको छ ।

गाँजाले विमानस्थल क्षेत्रलाई ढाक्ने देखिएको र बिरुवा हुर्किएमा अवैध प्रयोग हुन सक्ने भएकाले नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनुभयो । बर्से्नि यो समयमा सिमकोट विमानस्थल लगायत आसपासका क्षेत्रमा उम्रेका गाँजाका बोटहरु नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्ला श्रोतले जानकारी दिएको छ । बुधबार सिमकोट विमानस्थल भित्रको उत्तर तथा दक्षिण क्षेत्रमा गाँजा उम्रिने गरेकाले यसपटक बिरुवा नै उखेलिएको सम्बन्धिस्थलमा खटिएका एक जना प्रहरीले जानकारी दिएका छन् ।

सामुदायिक प्रहरीको नेतृत्वमा यो साताभरी नै सिमकोट आसपासमा उम्रेका गाँजाका बोटहरु नष्ट गरीने प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए ।

यो शुक्रबार देखी अर्को शुक्रबार सम्म सिमकोट क्षेत्रभित्रका गाँजाका बोटहरु प्रहरी नष्टगर्ने भएको उहाँले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्