Khabarsabaiko बिहिबार, साउन ३०, २०७६
हुम्ला
हुम्लाको चंखेली गाउँपालिकाका एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर निशुल्क उद्धार गरेको छ ।
जिल्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा एक बोहोरा गाउँका २७ वर्षि लक्ष्मी बोहोरालाई दुईदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा नेपाली सेनाको हेलिकप्टर निशुल्क उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले जानकारी दिनुभयो ।
राष्ट्रिपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी व्यथालागेकी बोहोरालाई निशुल्क उद्धार गरी बुधबार साँझ सुर्खेतमा रहेको प्रदेश अस्पातानलमा लगिएको हो ।
प्रअजि भटटराईले भन्नुभयो महिला मन्त्रालयमा खबर गरेर सोही मन्त्रालयलले नेपाली सेनासँग समन्वय गरी सेनाकोे हेलिकप्टरले निशुल्क हवाई उद्धार गरेर बोहोराको ज्यान बचाउन सफलभएको बताउनुभयो ।
दुई दिनदेखी व्यथालागेकी बोहोराको सकुशल डेलिभरी गर्नुका साथै छोरी जन्माउन सफल भएको जानकारी प्राप्तभएको छ ।
दुर्गम जिल्ला हुम्लमा दुई दिनमा दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । दुबै जना सुत्केरी महिला चंखेली गाउँपालिकाका रहेका हुन । हुम्ला जस्तो दुर्गम जिल्लाको दुर्गम गाउँपालिाकामा रहेका स्वास्थ्यचौकीहरुमा सुत्केरी व्यथा लागेका महिलाका लागी (भ्याकुम) औजार नहुँनुले निकै समस्या भोग्नुपरेको छ । जिल्लाका अधिकांस स्वास्थ्यचौकीमा औषधिको अभाव सँगै स्वास्थ्यचौकीमा स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्नुले पनि सुत्ेकरी लगायत अन्य रोगका विरामीले सास्ति भोग्नुपरेको छ ।