Khabarsabaiko बिहिबार, भाद्र ०५, २०७६
हुम्लाको सदरमुकाम सिमकोट बाट नाम्खा गाउँपालिकाको याल्वाङ्ग पुग्न एक दिन लाग्दोरहेछ । याल्वाङ्ग बाट मुचु पग्न ३ घण्टा लाग्दो रहेछ । हामी कामको शिलसिलामा मुचु जानु पर्ने थयो एका बिहानै सिमकोटबाट लाग्ना, लाग्नाबाट पानी नाउला, डाँडाफाया, धारापोरी, गाडपारी, च्याछरा झर्ना, च्याछरा भिर, केर्मी, सल्ली डाँडा, सल्ली खोला, याल्वाङ्ग चौर, याल्बाङ्ग हुँदै मुचु पुगियो । हाम्रो (म र मेरा दुई जना साथीहरु) पैदल यात्रा थियो जो अबिस्मरणीय थियो । बाटो उकालो, ओरालो, गाह्रो भएतापनि चारैतिरको मनोरम सुन्दर दृष्यले थकान महसुसनै भएन । हामि संग भारी झोला काँधमा भएतापनि सबै दुख विर्सदै बाटोमा जाँदै गर्दा दुईजान डाँडाफायाका स्थानीयहरुले दुर्इ झुपा (गोरु) मा दाउरा ल्याई सिमकोटमा बेचेर फर्कदै रहेछन् । सिमकोटको लाग्ना (भज्याङ्ग) मा उनिहरुलाई भेट्यौं । लाग्नाबाट माथिल्लो डाँडाफाया जान करीब ४५ मिनेटको बाटोमा झुपावालाहरु हाम्रो साथी भए । हामीले ब्याग झुपालाई बोकायौं । हुम्ला सडक सञ्जालले अन्य जिल्लाहरु सँग नजोडीएको एक मात्र जिल्ला हो ।
यात्रा गाह्रो संर्घष पुर्ण भएतापनि बाटोमा रहेको प्राकृतिक सुन्दर दृष्यले सबै कुरा भुलाउँदै अगाडि बढी रहेका थियौं । हिड्दै गर्दा बाटोमा अनेक मन लोभ्याउने दृष्यहरू देखिए तिंनिहरूमा भुल्नै नसकिने च्याछराको झरना रहेछ । त्यो झर्ना हेर्दा एक दम आनन्द आउने खालको छ । पानी धेरै माथीबाट खस्दाको फोर्सले गर्दा बाफ जस्तो उडेको एक छेउबाट हेर्दा सुन्दर र्इन्द्रेणी पनि देखिंदो रहेछ । च्याछरा भिरमा कडा खालको चट्टान तथा ठाडो भिर भएकाले उक्त भिरमा मोटर बाटो बनाउन कठिन रैछ । नेपाली सेनाले बाटो बनाउने क्रममा भिरमा बम ब्लासिटङ्ग गरेर केही बाटो बनाउँदै रहेछ । त्यसै क्रममा हिँड्ने बाटो भत्कीदा एक ठाउँमा यात्रुहरु डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने रहेछ । हामी पनि उक्त भिरमा जोखिमपूर्ण तरीकाले डोरी समातेर पार गरेका थियौं । तल कर्णाली एक दम बेगले बगीरहेको थियो । बाटोमा डोरीको सहायताले भिर पार गर्ने क्रममा डोरीबाट हात छोडीयो भने जीवन रहनेवाला थिएन ।
जुन यहाँहरुले मनोरञ्जन चौतारीको युट्यब च्यानलमा भिडियो हेर्न सक्नु हुनेछ । जसमा बाटोमा देखिएका सुन्दर तथा मनोरम दृष्यहरु भिडियोमा समाबेस गर्ने कोसीस गरिएको छ, भिडियो हेरेर आनन्द लिनु होला ।
युट्युव भिडियोको लिन्कः