०८ पुष २०८१, सोमबार

२० दिन पछि विद्युत सुचारु

Khabarsabaiko बिहिबार, आश्विन ०९, २०७६

हुम्ला
दुर्गम जिल्ला हुम्लामा २० दिन पछि हेल्दुम वितरण केन्द्र विद्युत सुचारु गरेको छ । हेन्दुम वितरण केन्द्र हुम्ला अन्तर्गत रहेको पेन स्टक पाईप बदली , नहर मर्मत कार्य सम्पन्न भएपछि आजबाट विद्युत नियमीत सुचारु हुने वितरण केन्द्रका प्रमुख लाल बहादुर लम्सालले जानकारी दिनुभयो । हेल्दुम वितरण केन्द्रले २० दिन सम्म आफ्नो सेवा बन्द गरेको थियो । हेल्दुम वितरण केन्द्रले सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय घरधुरी लाई सेवा दिदै आएको हेल्दुम वितरण केन्द्र प्रमुख धामीले जानकारी दिए । विद्युत पुननिर्माण हुँदा सम्म जिल्लाका दुईवटा गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आएका थिए । हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेका सामाग्री करिब १५ वर्ष देखि काम चलाईदै आएका सामानको नयाँ सामाग्री जडान गरिनेभएको छ ।

बिजुली बन्द भएपछि उपभोक्ता मारमा परेका थिए । आजबाट विद्युत सुचारु हुँदा सदरमुकाम सहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीयले उज्यालो देख्न पाएका छन ।

हिल्दम साना जलविद्युत आयोजनाको पावरहाउमा रहेको पेन स्टक पाईप बदली र नहर मर्मत गर्नेभएकाले विद्युत आपूर्ति बन्द भएको थियो । केही वर्ष अघिदेखि फुटेको पाइप ठाउँठाउँमा वेल्डीङ गरेर काम चलाउँदै आइएकाको बदली गरिएको छ । ५ सय किलोवाट उत्पादन क्षमता भएको हिन्दम जलविद्युत आयोजनामा अब नियमीत सुचारु हुनेभएको छ ।

आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको लापरवाहीका कारण विद्युत आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् । नहर मर्मत र पेन स्टक पाईप बदली गरिएता पनि पावर हाउसमा रहेका मेसिन भने बजेट नभएको भन्दै मर्मत गरिएका छैन । पावरमा रहेका विद्युत सप्लार्यस गर्ने दुई वटा मेसिन मध्य एउटा मेसिन विग्रीएको एउटाले मात्रै विद्युत सप्लाईएको पाईएको छ । वर्षेनी टालो टाल्दै आएको विद्युत पुननिर्माण भएमा केही सेवाग्राहीलाई भने केही सहज हुने भएको छ । विद्युत सुचारु भए सँगै टेलिफोनका सेवा पनि सुचारु भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्