Khabarsabaiko सोमबार, आश्विन १३, २०७६
देशलाई आज खुला दिसामुक्त राष्ट्र घोषणा गरिनेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुने भएको छ । नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो। खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन्। नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो। थाहा खबरबाट साभार
यहाँ कमेन्ट गर्नुहोस्