Khabarsabaiko बुधबार, मंसिर ०४, २०७६
हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागी एक सय १६ जना सुरक्षाकर्मी खटिएका छन । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङ्गचुबगरमा असार तीन गते जीप दुर्घटना परि मृत्युभएपछि उपाध्यक्ष पदका लागी यहाँ उपनिर्वाचन हुन लागेको हो ।
जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित गर्नका लागी जिल्ला बाहिर बाट एक सय १६ जना सुरक्षाकर्मी हुम्ला पुगेर खार्पुनाथ गाउँपालिकामा खटाईएको सुरक्षा व्यवस्थापन समितीका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले जानकारी दिनुभयो । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागी माग गरिएको भएपनि ५० जना प्रहरी जवान पुगेको उहाँले जानकारी दिनुभयो । यसैगरी सशस्त्र प्रहरी बलका ६६ जना सुरक्षाकर्मी सिमकोट पुगेको उहाँले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी गरी एक सया १६ जना जिल्ला सदरमुकाम पुगेर खार्पुनाथ गाउँपालिकामा पठाईसकेको उहाँले जानकारी दिनुभयो । जिल्लामा पुगेका दुईवटा सुरक्षा निकायका सुरक्षाकर्मीहरु खार्पुनाथ गाउँपालिकाका पाँचवटा मतदान केन्द्रमा खटाई सकेको प्रमुख जिल्ला अधिकारी भटटराईले जानकारी दिनुभयो । खार्पुनाथ गाउँपालिकामा सधै चुनावको समयमा बढी धाधली हुने पालिका भएकाले त्यस क्षेत्रमा बढी सुरक्षाकर्मी खटाईएको हो ।
उपनिर्वाचनका लागि खार्पुनाथ गाउँपालिकाका पाँचवटा वडामा रहेको पाँचवटा मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनुभयो । –