०८ पुष २०८१, सोमबार

हुम्लामा स्याउ जोन कार्यक्रम सुरु

Khabarsabaiko बुधबार, मंसिर ०४, २०७६

हुम्ला
हुम्लामा परियोजना कार्यन्वयन इकाई स्याउ जोन कार्यालयको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिकामा स्याउ जोन कार्यक्रम लागु हुनेभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको यो परियोजनाले हुम्लामा ६ वर्ष सम्म काम गर्ने भएको छ ।

यस वर्षबाट सुरुभएर ०८० र ०८१ साल सम्म सञ्चालन हुने परियोजनामा ७० प्रतिशत लगानी संघीय सरकार र ३० प्रतिशत स्थानीयको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिनुभयो । जिल्लाको सिमकोट गाउँपालिका वडा तीन, चारको पाँच सय हेक्टर क्षेत्रफलमा स्याउ फलाईने परियोजना कार्यान्वन इकाई कार्यालयले जनाएको छ ।

समुद्री सहतबाट दुई हजार सयदेखि तीन हजार मिटर उचाई सम्मको भु–भागमा स्याउ उत्पादन गर्न सकिने छ, उनले भने स्याउन खेतीका लागी जिल्लाका सातवर्ट गाउँपालिका सँग समन्वय भईरहेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको विउ, नयाँ पद्धती तथा प्रविधि अपनाएर सुहाउँदो अनुकुल परिस्थिती हेरेर स्याउ खेती गरिने परियोजना कार्यन्वयन इकाईका प्रमुख पालले बताउनुभयो ।

स्याउ जोन कार्यक्रमका लागी ठाउँ छनोट गरेर माटो परिक्षण गरी स्याउ खेती सुरु गरिने उहाँले बताउनुभयो । अबको दुई,तीन वषमा सिमकोट गाउँपालिकाको वडा तीन र चारको स्थानीयस्तरमा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरीने पनि बताउनुभयो । स्याउ जोन कार्यक्रम लागु भएपछि यहाँका कृषकको आम्दानीको श्रोत बढने अपेक्षा गरिएको छ ।

हुम्लाको वडा तीन र चारका केही किसानहरुले स्याउ उत्पादनलाई व्यावसायिक रुपमा गर्दै आएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजार सम्म नसक्दा यहाँ व्यावसायिक खेतीमा ठुलो समस्या देखिने गरेको एक दशक देखि स्याउ खेती गर्दै आएका गोविन्द लामाले बताउनुभयो । उनले भने हाम्रो सडक छैन हवाई जहाज मात्रै जिल्ला बाहिर निकासीका लागी सहज नहुँदा यहाँका स्याउ किसानले स्याउ फलाएपनि बारीमै कुहिने अवस्था देखिने बताए ।

परियोजना कार्यान्वय इकाई स्याउ जोनका लागी कार्यान्वयन इकाई प्रमुख राम सुरत पालको अध्यक्षतामा, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको प्रमुख आथित्यमा र प्रमुख जिल्ला अधिकारी विनिता भटटराई,जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगर, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङ्ग लगायतको उपस्थित ररहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्