Khabarsabaiko बिहिबार, मंसिर ०५, २०७६
हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागी विहिबार मतपत्र नेपाली सेनाको हेलिकप्टरबाट हुम्ला पुगेका छ । आजै नेपाली सेनाको हेलिकप्टर मार्फत चार हजार दुई सय ८० मतपत्र हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । मंसिर १४ गते हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागी मतपत्र जिल्ला पुगेक हुन । मतपत्र ४ काटुनमा ०१ देखि ४ हजार २ सय ८० सम्म रहेका छन् ।
मतपत्र निर्वाचन आयोगकका कम्प्युटर अप्रेटर निर्मलकुमार लुइटेलले मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेललाई जिम्मा लगाएको जानकारी दिनुभयो । मतपत्र अहिले हुम्ला जिल्ला अदालतमा कडा सुरक्षाका साथ राखिएका छन् । मतपत्रको सुरक्षाका लागी नेपाली सेना,नेपाल प्रहरी, सस्त्र प्रहरी खटिएका छन् ।
उपनिर्वाचनमा तीनवटा राजनितीक दलका तीन जनाले उपाध्यक्ष पदका लागी मनोनय दर्ता गराएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपा शाही,नेपाली काङग्रेसबाट तारा शाही , राप्रपाबाट दिप बहादुर शाहीले मनोनय दर्ता गराएका छन ।
। वडा नम्बर १ को मालिका माबि मतदान केन्द्र, २ को शंकर प्राबि केन्द्र, ३ का हुम्ला माबि राया, ४ को सीता माबि छिप्रा र ५ को मान्धारा माबि खर्पेलगाउँलाई मतदान केन्द्रका लागी मतपत्र जिल्लामा पुगेका हुन । पालिकामा पाँचवटा मतदान केन्द्र रहेका छन भने उपनिर्बाचनमा तीन हजार ३ सय ८७ मतदाताले मतदान गर्न पाउनेभएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।