Khabarsabaiko बिहिबार, मंसिर १९, २०७६
हुम्ला
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही उपस्थित कार्यक्रमलाई लक्षित गरि नेकपा बिप्लपका कार्यकर्ताहरुले बिष्फोट गरेका छन् । अन्तर जिल्ला जोड्ने सडकको सिलान्यास गर्न हुम्ला आउनु भएका शाहीले सो कार्यक्रम सम्पन्न गरि एक विद्यालय भवनको शिलान्यास कार्यक्रममा भाषण गरेको केही समय पछि बिष्फोट भएको थियो ।
दिउसो साढे दुई बजेतिर ताँजाकोट गाउँपालिका वडा नम्बर ४ गल्लावाडामा मुख्यमन्त्री शाही उपस्थित एक विद्यालयको शिलान्यास कार्यक्रमलाई मुख्यमन्त्रीले भाषण गरेको केही समय पछि ताँजाकोट कै पाँदा खौला क्षेत्रमा बम बिष्फोट भएको ठुलो आवाज आएको र धुलो पनि उडेको स्थानीय गोर बहादुर मल्लले बताए । मुख्यमन्त्री सम्मीलित कार्यक्रम गल्लावाडा गहिरो ठाउँमा भएको कारण बम बिष्फोट भएको आवाज नसुनिए पनि अग्ला ठाउँमा सुनिएको उनले बताए । बम बिष्फोटबाट कुनै क्षेती भने भएको खवर छैन । मुख्यमन्त्री शाही सो अबसरमा एक विद्यालयको शिलान्यास कार्यक्रममा सम्बोधन गरि सक्नु भएको थियो । साथमा सामाजिक बिकास मन्त्री दल बहादुर रावल र नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशी पनि संगै थिए ।
यस सम्बन्धमा प्रहरीले कुनै जानकारी नआएको बताएको छ भने नेकपा बिप्लभका हुम्ला जिल्ला सक्रेटरी कुम्भ बुढा ( निर्माण ) ले बम बिष्फोट भएको स्वीकार गरेका छन् । यस अघि बिहान पनि बुढाले ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ललाई आज केही हुन सक्ने भन्दै धम्की दिएको बताईएको छ ।