Khabarsabaiko बिहिबार, पुष १७, २०७६
दिलमाया शाही
जुम्ला – कुप्रथाको रुपमा रहेको छुइप्रथाका कारण जुम्लाको महिलाइ शिक्षा स्वास्थ्य लगाएको क्षेत्रमा पुर्ण रुपमा असर पुर्याएको छ । यस्तो जघन्य अपरातको रुपमा रहेको पाउपडी प्रथा बार्ने र बार्ने बाध्य बनाउनेलाइ अब सरकारी सेवा सुबिधा रोक्ने गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाले आयोजना गरेको जुम्ला सदुरमुकामको टुडिखेलमा सुरु गरिएको छाउपडी प्रथाउन्मुलन माहाअभियानमा यस्तो बताइएको हो । बिहीबारबाट सुरु गरिएको माहा अभियानमा स्थानीयतह नागरिक, सरकारी कार्यालय, गैरकारी कार्यालय, महिला, जेष्ठ नागरिक दलित, जनजाति अपांगता भएका व्यक्ति र सरोकारवाला निकायहरूले एकसाथ सचेतना तथा प्रतिवद्ता महाअभियान रातो ,निलो र हरियो रंगले औला छाप लागएर सामुहिक प्रतिबद्धता गरेका छन । उनिहरुले छाउपडी बिरुद्धको अभियानलाइ सफल पार्न रातो निलो र हरियोे रंगमा हात राखेर सेतो कपडाको व्यानरमा पाँच औला र हत्केलाको छाप सहित प्रतिवद्धता जनाएका हुन । प्रतिवद्धतामा हामी छाउपडि प्रथा मान्दैनौ भन्दै मुल व्यानर वरपरि सेतो व्यानरमा हस्त छापहरू लगाएर प्रतिवद्दता गर्नेको लर्को लागेको थियो ।