Khabarsabaiko बिहिबार, पुष १७, २०७६
हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका १ तुम्च गाउँमा ८५ लाखमा सुविधा सम्पन्न प्रसुति गृह भवन निर्माण पश्चात स्थानिय महिला हर्शित भएका छन् । यस अधि प्रसुति सेवाका लागि तिन घण्टा हिडेर श्रीनगर र जैर जानु पर्नेमा घर नजिकै अस्पताल बने पछि खुसि भएको स्थानिय विशकला रावतले जनाउनु भयो ।
नेपाल ट्रस्ट हुम्लाको आर्थिक सहयोगमा सुविधा सम्पन्न प्रसुति गृह भवन निर्माण भएको नेपाल ट्रस्ट हुम्लाका संयोजक पामा लामाले जानकारी दिएका छन् । गाउँमै सोलारदेखि प्रसुति गृहमा आवश्यक पर्ने सामाग्रीसहितको प्रसुति गृहको निर्माण कार्य सम्पन्न भएको संयोजक लामाले बताए ।
भवनको बाहिर फलामे तारजालीले घेरबार २ वटा शाैचालय बाथरुम र स्वास्थ्यकर्मीलाई बस्ने समेत भवन बनाइको छ । प्रसुति गृहको भवन निर्माण कार्य सम्पन्न भएपछि सर्केगार्ड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढाले उद्घाटन गरेका छन् ।फेज नेपाल हुम्लाले औषधी र कर्मचारी सहयोग रहेको छ । सुविधा सम्पन्न भएको प्रसुति गृह निर्माण गरि वडालाई हस्तान्तरण गरिएको छ ।