०२ माघ २०८१, बुधबार

हिमपातले सञ्चार सेवा अवरुद्ध, हवाई सेवा बन्द

Khabarsabaiko शनिबार, पुष १९, २०७६

पौष १९ गते ।
हुम्लाको सदरमुकाम सिमकोट लगायत जिल्लाका हिमाली भेगमा हिमपात पछि टेलिकम र हवाई सेवा अवरुद्ध भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश बस्तीहरु चिसोले जनजिवन प्रभावित भएको छ । अत्याधिक चिसो बढेसँगै जिल्लाको जनजिवन थप कष्ठकर बनेको छ ।
हिमपातका कारण बिहिबारदेखि हवाई सेवा अवरुद्ध भएको सिमकोट नागरिक उडड्न कार्यालय हुम्लाले जनाएको छ । हवाईसेवा अवरुद्ध हुदा यात्रुहरु अलपत्र परेका छन् । ग्रामिण भेगका कच्ची सडकहरु हिलाम्मे भएपछि यात्रुलाई कठिन भएको छ । नेपाल टेलिकमले काम गर्ने छोडेपछि जिल्ला सदरमुकाम सिमकोट सञ्चार बिहिन बनेको छ । स्काई फोन सेवा बाहेक नमस्ते,एनसियल, ल्याण्डलाइन र एडिसियल सेवा बन्द भएपछि जिल्लामा थप समस्या भएको छ । कालिकोटको महाबुमा रहेको टावर च्ट्यांग अवरुद्ध बनाको नेपाल टेलिकम हुम्लाले जनाएको छ । टावर मर्मत हुन केही समय लाग्ने नेपाल टेलिकम हुम्लामा कार्यालय प्रमुख शिबप्रसाद भट्टराईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्