Khabarsabaiko बुधबार, माघ १५, २०७६
कर्णालीका युवाले पुर्खाले भोगेका सामाजिक समस्या चित्रण भएको अन्तर जातिय प्रेम कथामा अाधारीत भिडियो निर्माण गरेका छन् । भिडियोमा हुम्ला जिल्लाको पुरानो संस्कृती,चालचलन,भेषभुषा,रहनसहन रहेको छ ।
‘रातो टालो’ नाम दिइएको सो भिडियो आगामी फागुन २ गते अर्थात् फेब्रुअरी १४ भ्यालेन्टाइनका दिन काठमाडौंमा प्रिमियर हुँदैछ। निर्माण समूहले सार्वजनिक हुन लागेको भिडियोको पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा युबिना भट्टराई र सूर्यबहादुर शाही फिचर्ड छन्।
भिडियोको निर्देशक डायमन्ड उप्रेती , सहनिर्देशक आश्मा पोखरेल ,छायांकन इतुशा पोखरेल र सहछायांकन अविनाश लामाले गरेका छन्।
कर्णालीको खस भाषामा आधारित रहेरको भिडियो, सामाजिक पुरानो संस्कार, चालचलन रहनसहन का साथै अन्तर जातिय प्रेम कथामा अधारित रहेको जगदीश हमालले जनाए ।
भिडियोमा हमालको कथा, गीत, संगीत र स्वर रहेकोछ। लोइथोको ब्यानरमा बनेको भिडियोमा जगदीश हमाल, शोभा शाही, सदिक्षा रोकाया र छिरिङ सोनाम लामाको अभिनय रहेकोछ। भिडियो हुम्लाको कथा भए पनि समग्रह कर्णालीको चालचलन र भाषा समेटेको निर्देशक डायमन्ड उप्रेतीले जनाए ।