०७ पुष २०८१, आइतबार

हुम्लाकाे खार्पुनाथ, चंखेली र सर्केगाड मा सिजनल माहामारीनभई रुघाखोकी भएको दाबी

Khabarsabaiko मंगलबार, माघ २१, २०७६

हुम्ला जिल्लामा मौसमी सिजनल माहामारी हल्ला  सामान्य रुघाखोकि भएको कर्णाली प्रदेशको जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताल टिमकाे दाबी छ । जसको बढी प्रभाव बृद्धा, स्वास प्रश्वाश, दमको रोगी रहेका बताए ।

फाेटोः नन्द सिंह

फाेटोः नन्द सिंह

फाेटोः नन्द सिंह

फाेटोः नन्द सिंह

कर्णाली प्रदेश जनस्वास्थ्य कार्यालय टिम र जिल्ला अस्पताल टिम रुघाखोकी फैलीएको क्षेत्रमा स्थलगत भ्रमण गरी अनुगमन  , बिरामी परिक्षण पछि र विवरण संकलन पछि सिमकोटमा भएको माहामारी तथा विपत व्यावस्थापन अन्तरक्रिया कार्यक्रममा रुघाखोकी फैलीएको र माहामारी नभएको पुष्ठी गरेका छन् । जिल्लामा पटक पटक परेको हिमपातले चिसो अत्याधीक बढेका कारण रुघाखोकीकाे प्रभाव वढेकाे दाबी गरेका हुन् । कार्यक्रममा खार्पुनाथ, चंखेली र सर्केगाड गाउँपालिकाकाे क्षेत्रगत विरामी र मृत्यु विवरण र कारण विवरण प्रस्तुत गरिएको थियाे । यो रुघाखोकी भएकाले जिल्ला बासी आत्तिनु नपर्ने स्वाथ्याकर्मीले बताएका छन् ।

जसको स्थानिय स्तरका स्वास्थ्य स‌ंस्था कर्णाली प्रदेश र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली पुगी उपचार गरि न्युनिकरण गर्ने प्रायास गरिएको प्रदेश अस्पतालका डाक्टर उदय विसिको भनाई छ । साे सरोकारवाला निकाय संग माहामारी तथा विपत व्यावस्थापन र बहुनिकाय अन्तरक्रिया बैठक कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्