०७ पुष २०८१, आइतबार

विद्यार्थीरुहको निःशुल्क दाँत परिक्षण

Khabarsabaiko बिहिबार, फाल्गुण ०१, २०७६

हुम्लाको सिमकोटमा रहेको कैलाश बोधी स्कुलका विद्यार्थीरुहको निशुल्क दाँत परिक्षण गरिएको छ । माघ २१ गते देखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिजा सम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल हस्पिटलले बुधबार कैलाश बोधी स्कुलका विद्यार्थीहरुको निशुल्क दाँत परिक्षण गरेको छ ।

बुधबार कोहलपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा छात्र छात्रा गरी २०० जनाको निःशुल्क दन्त परिक्षण गरेको कैलाश बोधी स्कुलका प्रध्यानाध्यापक छवाङ्ग लामाले बताए । कैलाश बोधी स्कुलमा निःशुल्क दन्त परिक्षण गर्न पुगेका चिकीत्सकले, सम्पुर्ण विद्याथीहरुको दाँत चेकजाँच गर्नुको साथै उचित परामर्श समेत दिएको लामाले बताए ।
बुधबार कैलाश बोधी स्कुलका विद्यार्थीहरुको दन्त परीक्षण गर्ने क्रममा अभिकांसा विद्यार्थीहरुमा पानीको कारणले दाँतमा असर पुराएको शिविरमा खटिएका चिकीत्सक गजेन्द्र विक्रम शाहले बताए ।

चिकीत्सक शाहले भने क्याल्सियमको कमीले विद्यार्थीहरुको दाँत कालो देखिएको बताए । बुधबार कैलाश बोधीका सम्पुर्ण विद्यार्थीलाई दाँत सफा राख्न, दाँतको ख्याल गर्नु पर्ने लगायतका परामर्श समेत दिएका थिए । सम्पूर्ण विध्यार्थीहरुको दाँत चेक गर्नुका साथै आवस्यक परामर्श, सहित विद्यार्थीहरुले दाँत कसरी सफा राख्नु पर्छ भन्ने ज्ञान समेत पाएको प्रिन्सीपल लामाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्