Khabarsabaiko आइतबार, फाल्गुण २५, २०७६
नन्द सिंह
हुम्ला सदरमुकाम सिमकोटमा दुरा र रुवेला खोप अभियान सञ्चालन गर्नका बैठक बसेको छ । बैठकले खोप सञ्चालन समन्वय एक समिती गठन गरिएको छ । नेपाल सरकारको सन् २०२३ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने नीति अनुसार हुम्लामा आगामी चैत १६ गतेदेखि दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बैठक जिल्ला अस्पतालका डाक्टर नविन रोकायाको अध्यक्षतामा जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको प्रमुख आतिथ्यमा र हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको विशेष अातिथ्य बसेको थियो । जसमा जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको संयोजकत्वमा १४ जनाको कार्य समिती गठन गरिएको हो ।
दादुरा र रुवेला रोग विरुद्धको खोप शतप्रतिशत पु¥याउने दादुरा र रुवेला रोग विरुद्ध खोप लगाउने अभियान ०७६ चैत १० गतेबाट शुरु गरिने स्वास्थ्य सेवा कार्यालय हुम्लाका मानबहादुर रोकायाले बताए ।
कार्यक्रममा बोल्ने क्रममा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख तथा समितिका संयाेजक दान बहादुर रावतले अभियानलाई सफल पार्न सवैको सहयोग आवश्यक रहेको बताए ।